एजेन्सी । शास्त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अंवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्येक शनिवारको दिन व्रत राखदा शनि अत्यंत प्रसन्न हुन्छन्। यस्तो गर्ने बयक्ति माथि उनको कुपित दृष्टि परदैन।
शनिको प्रभाव पनि खत्म हुन्छ
नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्याय गर्छन। शायद त्यसैले उनलाई न्यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।
पुजा बिधि
शनि जयंतीमा प्रातस्काल उठेर स्नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।
शनि ग्रह को पिडा बाट बचन तल दियेको पाच मन्त्र को जाप गर्दा शनि को पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन्।
शनि पुजा गर्दा यो पाच मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ।
पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः।
दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिस् गायत्री छंदस्, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग
तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नस् सौरिस् प्रचोदयात।
चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ सस् भूर्भुवस् स्वस् ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु नस्। ॐ स्वस् भुवस् भूस् प्रौं प्रीं प्रां ॐ शनिश्चराय नम :
पाचौ – जप मंत्र ऊं प्रां प्रीं प्रौं सस् शनिश्चराय नमस्।
शनि पुजामा ध्यान दिनु पर्ने कुरा
१- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ। ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।
२- यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ।
३-शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।
४- भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ।
५- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ।






