सैनिकले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु

उज्यालो प्रतिनिधि १६ श्रावण २०७७, शुक्रबार विश्व

कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले बिहीबार राति अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कङ्गोली प्रहरीले बताएको छ ।

कङ्गोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पिस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले मृतकलाई पोष्टमोर्टम का लागि र घाइते सबैलाई उपचारका लागि उद्धार गरी अस्पताल पठाएको जानकारी गराएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरिएकाले थप विवरणहरू अनुसन्धानपछि आउने अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार