फिलिपिन्सको अर्थतन्त्र तिब्र गतिमा संकुचित हुँदै
मनिला। दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तिब्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्याँक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ । विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कूल गार्हस्थ्य उत्पादन १६.५ प्रतिशतले घटेको छ । यस अवधिमा फिलिपिन्स सरकारले कडा नियमहरु सहितको लकडाउन गरेको थियो । सरकारले यसअघि वर्षको शुरुका तीन महिनामा अर्थतन्त्र ०.७ प्रतिशतले मात्र खुम्चिने आँकलन गरेको थियो । तर सन् १९८१ यता पहिलो पटक अर्थतन्त्रमा सर्वाधिक असर परेको विभागको भनाई छ । विगत तीन दशकमा फिलिपिन्सको अर्थतन्त्र पहिलो पटक मन्दीतर्फ उन्मूख भएको हो । फिलिपिन्समा यसैसाता कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख १५ हजार थप पढ्नुहोस् ...












