‘सिमानामा कडाइ नै छैन, कोरोना संक्रमण भारतीयहरुले नै सारे’

उज्यालो प्रतिनिधि १९ श्रावण २०७७, सोमबार समाचार

विराटनगर । सीमा नाका बन्द भएकै बेला मोरङ रानीका एक स्थानीयले आँखाका बिरामीलाई विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा पुर्‍याए। अस्पतालका कर्मचारीले ठेगाना सोध्दा बिरामी केही बोलेनन्, बरु सँगै जानेको मुखतर्फ हेरे।

बिरामी लिएर जानेले ठेगाना रानी बताए। अस्पतालका कर्मचारीले केरकार गर्दा थाहा भयो उनी त भारतबाट आएका रहेछन्। एक कर्मचारीले भने, ‘केरकार गरेपछि भारतीय भन्ने थाहा पाएपछि फर्कायौं।’

यो प्रतिनिधि घटना मात्रै हो। विराटनगर र आसपासका अस्पतालमा भारतीय नागरिक ठेगाना लुकाउँदै उपचार गर्न आउने गर्छन्। उनीहरूलाई अस्पतालसम्म पुर्‍याउन सीमा क्षेत्रका नेपालीले नै सहयोग गरेको पाइएको छ।

सीमा नाकामा कडाइ नहुँदा नेपालीलाई पैसाको प्रलोभन देखाएर धेरै भारतीय नेपालतर्फ आउने गर्छन्। ‘उपचार गर्न आउनेको परिचयपत्र माग्ने कुरा भएन, हेर्दा भारतीय हो भन्ने चिनिँदैन’, विराट नर्सिङ होमसँगै फार्मेसी सञ्चालक विष्णु यादवले भने, ‘सिमानामा कडाइ नै छैन, संक्रमण उनीहरूले नै सारे।’

मुख्य नाकामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरे पनि छोटी नाकासहित खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपाल छिर्नेको संख्या घटेको छैन। कपडा, सुर्तीजन्य पदार्थलगायत सामान नेपाल छिराउनेदेखि भारतीय नागरिक नेपालका अस्पताल आउने क्रम नरोकिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार