काठमाडौं । विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सका अनुसार एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको हो ।
मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।
यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।






