अभिनेता इरफान खानको अन्तिम संस्कार साँझ ५ बजे , २० जना मात्रै उपस्थित हुने
काठमाडाैं । भारतीय अभिनेता इरफान खानको इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्रामा बलिउडका कोही पनि सेलिब्रेटीहरु उपस्थित नहुने बताईएको छ । उनको अन्तिम संस्कारमा इरफानको परिवार र उनका निकटस्थ्यहरु गरी जम्मा २० जना व्यक्तित्वहरु मात्रै रहनेछन् । इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताईएको छ । विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमरविरुद्ध लडिरहेका उनको उपचारको क्रममा निधन भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार भर्ना भएका थिए । मंगलबार बिहान घरको बाथरुममा लडेपछि उनलाई आइसियूमा भर्ना गरेको हो । थप पढ्नुहोस् ...












