नेता किम जोङ उन कहाँ छन बारे आफूलाई थाहा भएको दक्षिण कोरियाको दाबी

उज्यालो प्रतिनिधि १६ बैशाख २०७७, मंगलवार प्रवास

एजेन्सी । विश्वभर उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भएको हल्ला चलेपछि सोमबार दक्षिण कोरियाले किमको मृत्यु नभएको र उनी जीवितै रहेको प्रतिक्रिया जनाएको थियो।

मंगलबार फेरि दक्षिण कोरियाले किमबारे अर्को अभिव्यक्ति दिएको छ। यतिबेला दक्षिण कोरियाले किम जोङ उन कहाँ छन् भन्नेबारे आफूलाई थाहा भएको दाबी गरेको छ।

दक्षिण कोरियाका एकीकरणमन्त्री किम युन–चुलले भने,‘हाम्रो सरकार किम बसिरहेको स्थानको बारेमा जानकार छ।’ यद्यपी उनले किम कहाँ छन् भनेर बताएनन्।

किमको मृत्युको हल्लाबीच उनले चढ्ने विशेष रेल राजधानी प्योङयाङ बाहिर उनसान क्षेत्रमा देखिएको थियो।

हाल किम उनसान कम्प्लेक्सको गेस्ट हाउसमा आराम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

दक्षिण कोरियाली संचारमाध्यम डेली एनकेले किमको हालै मुटुको शल्यक्रिया गरिएको बताएको थियो। डेली एनकेले किमको अवस्था गम्भीर बनेको जनाएको थियो।

उनसान कम्प्लेक्स किमको परिवारको लागि सन् २०१४ मा बनाइएको हो। त्यहाँ किम प्राय हवाईयात्रा गरेर पुग्थे।

हाल शल्यक्रिया भएकाले उनी रेल चढेर त्यहाँ पुगेको अनुमान भइरहँदा उत्तर कोरियाली संचारमाध्यमले उनी कहाँ छन् भन्ने कुनै जानकारी दिएको छैन।

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम इलसङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोङ उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो। न्युयोर्क पोस्ट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार