ट्रम्पले दिएको बयानपछि किम जोङ उनको स्वास्थ्य स्थितीबारे थप अन्यौल

उज्यालो प्रतिनिधि १६ बैशाख २०७७, मंगलवार समाचार

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सार्वजनिक रुपमा दिएको बयानपछि उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य स्थितीबारे अन्यौल पैदा भएको छ ।

सोमबार ट्रम्पले रोज गार्डेनस्थित आयोजित एउटै पत्रकार सम्मेलनमा किम जोङबारे दुईवटा कुरा गरेका छन् । सुरुमा उनले पत्रकारलाई किमको अवस्थाबारे ‘निकै राम्रो जानकारी’ भएको बताए भने त्यसको केही बेरपछि ‘उनी कहाँ छन् कसैलाई पनि थाहा छैन’ भने ।

सोमबार किमको अवस्थाबारे पत्रकारले प्रश्न सोध्दा ट्रम्पले भने, ‘म ठ्याक्कै तपाईंहरुलाई भन्न सक्दिनँ । हो, मसँग निकै राम्रो जानकारी छ, तर म यसबारे अहिले कुरा गर्न सक्दिनँ । म उनको राम्रो स्वास्थ्यस्थितीको कामना गर्छु ।’ तर पछि त्यहि पत्रकार सम्मेलनमा राष्ट्रपतिले पत्रकारलाई भने, ‘उनले गत शनिबार केही पनि भनेका थिएनन् । उनी कहाँ छन् कसैलाई पनि थाहा छैन त्यसैले उनले केही भनेको जस्तो मलाई लाग्दैन । किम जोङ उनले शनिबार एक वक्तव्य जारी गरेको भन्दै ब्रेकिङ न्यूज बनाइएको थियो । तर मलाई त्यस्तो लाग्दैन ।’

उत्तर कोरियाली मिडियाले आइतबार किमले आफ्ना देशका कामदारका लागि सन्देश दिएको भन्दै एउटा समाचार प्रकाशित गरेको थियो । सायद ट्रम्पले यसैबारे कुरा गरेको हुनसक्छन् । यद्यपि, यसबारे प्रष्ट जानकारी प्राप्त छैन ।

गत हप्ता सीएनएनले अमेरिकी गुप्चरलाई उद्धृत गर्दै किमको शल्यक्रियापश्चात् स्वास्थ्यस्थिती अत्यधिक संकटमा रहेको बतायो ।

उत्तर कोरियाली मिडिया केसीएनएका अनुसार किमलाई अन्तिम पटक अप्रिल ११ मा पोलिटब्यूरो बैठकमा देखिएको थियो ।

अप्रिल १५ मा आफ्ना हजुरबुवाको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा नदेखिएपछि थुप्रैले उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी गरिरहेका छन् ।

दक्षिण कोरियाली मिडियाले किमको स्वास्थ्यस्थिती ठिक भएको बताएको छ भने कति मिडियाले त उनको मृत्युसमेत भइसकेको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार