साउदी अरबमा बच्चालाई मृत्युदण्डको सजाय दिन रोक

उज्यालो प्रतिनिधि १५ बैशाख २०७७, सोमबार प्रवास

साउदी अरबमा अब बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ । उक्त सम्मेलनका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिइनुहुन्नँ ।

मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।

यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई नराम्रोसँग दबाइन्छ र सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गरिन्छ ।

मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइयो । समूहका अनुसार तीमध्ये एक व्यक्ति यस्ता पनि थिए जो फाँसी दिने बेलासम्म वयस्क थिएनन् ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार