किम जोङ उन स्वस्थ रहेकोमा हर्षित छु : राष्ट्रपति ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवत र स्वस्थ’ रहेको पुष्टि गरेका छन् । उत्तर कोरियाली राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर ट्रम्पले रिट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘उनी फर्किएकोमा र स्वस्थ रहेकोमा हर्षित छु’ उनले लेखेका छन् । तीन हप्तासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमानहरु गरिएका थिए । ट्रम्पले उक्त फोटो ट्वीट गरेपछि सीएनएनले ह्वाइट हाउससँग ‘राष्ट्रपति ट्रम्पले उक्त फोटो वास्तविक भएको प्रमाणित गरेका हुन् ?’ भनेर प्रश्न गरेको थियो । https://twitter.com/realDonaldTrump/status/1256696015702425601 जवाफमा एक अमेरिकी अधिकारीले विभिन्न तहका गुप्तचरको सूचनाबाट उत्तर कोरियाले जारी गरेको तस्विर वैध भएको पाइएको जानकारी दिए । उता, दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकार मुन चुङले किम वोनसान क्षेत्रमा अप्रिल थप पढ्नुहोस् ...












