भाईरल फोटो : चिकित्सकले रुवाउने कोशिस गरे , रिसाइन् नवजात शिशु !
काठमाडौं । एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् । चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो । डेलीमेलका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको थप पढ्नुहोस् ...













