हेल्मेट नलगाइ कार चलाएको भन्दै जरिवाना

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार रोचक बिचित्र

काठमाडौं। भारतमा नयाँ ट्राफिक कानुन लागू भएपछि नियम तोड्ने सवारी चालकलाई भारी जरिवाना तिराउन थालिएको छ । तर, जरिवाना तिराउने चक्करमा ट्राफिक पुलिसका अनेकौं चर्तिकला पनि सार्वजनिक भइरहेका छन् । यस्तैमा अहिले उत्तर प्रदेशको हमीरपुरको एउटा घटना चर्चाको विषय बनेको छ । यहाँको पुलिसले एक चालकलाई हेल्मेट नलगाइ कार चलाएको भन्दै जरिवानाको चालान काटेपछि यो विषय चर्चामा आएको हो ।

आज तकको समाचार अनुसार जिल्लाको ललपुरा थानाले मानना गाउँका प्रशान्त तिवारीको नाममा यस्तो चालान काटेको हो । तिवारीले युपी ९२ एन ४६३६ नम्बरको बोलेरो कार हेल्मेट नलगाइ चलाएको भन्दै चालान काटिएको हो । यसअघि पनि यस्ता घटना सार्वजनिक भइसकेका छन् । यसअघि हमीरपुरमै पुलिसले एक स्कुटर चालकलाई सिट बेल्ट नलगाइ स्कुटर चलाएको भन्दै चलान काटेको थियो ।\

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार