भाइरस र कोरोना बियरको नाममा झुक्किए,इन्टरनेटमा कोरोना बियरकोे खोजी ह्वात्तै बढ्यो
अहिले कोरोना भाइरसले ठूलै आतंक सिर्जना गरेको छ । विश्वमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको वियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् । एकातर्फ विश्वमा कोरोना भाइरसले जनजीवन आतंकित बनाइरहेको छ भने अर्कोतर्फ इन्टरनेटमा कोरोना बियरकोे खोजी बढेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण बढेसँगै गुगल सर्चमा कोरोना बियरको खोजी ह्वात्तै बढेको छ । फक्स न्यूजका अनुसार गुगल सर्च इन्जिनमा पछिल्लो दिनमा corona beer virus भन्ने शब्दावलीको खोजी उल्लेखनीय रूपमा बढेको छ । यसले मानिसहरू कोरोना भाइरस र बियरको लोकप्रिय ब्राण्ड कोरोनाको नाममा झुक्किएको देखिन्छ । कोरोना भाइरससँगै मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको पनि हुनसक्छ । गुगल सर्चमा corona beer virus खोजी गर्नेमा पूर्वी युरोपेली मुलुक इस्टोनिया सबैभन्दा अगाडि देखिएको छ । गुगल सर्चमा मानिसहरु कोरोना भाइरस थप पढ्नुहोस् ...










