दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ !

मानिसहरूलाई सामान्यतया युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ ।

तर यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द पनि छ, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ ।

तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्दछ कि अंग्रेजी भाषाको सबैभन्दा लामो शब्द १ लाख ८९ हजार ८१९ वटा अक्षरको छ ।

यो शब्द वास्तवमा मानिसको शरीरमा पाइने एउटा टाइटिन नामक प्रोटिनको रसायनिक नाम हो ।

वैज्ञानिकहरूका अनुसार मानव, शरीरमा २० लाखभन्दा धेरै प्रोटिन छन् । प्रोटिन अमिलो एसिडबाट बनेको हुन्छ । मानव शरीरमा हुने प्रोटिनमध्ये टाइटिन सबैभन्दा लामो प्रोटिन हो । जसमा २६ हजारभन्दा धेरै एमिनो एसिड हुन्छन् ।

झण्डै एक लाख ९० हजार अक्षरको यो प्रोटिनको रसायनिक नामलाई अंग्रेजी शब्दकोषमा राखिएको थियो । तर जब यो लामो नामका कारण समस्या पर्यो, तब यसलाई शब्दकोषबाट हटाइयो । अहिले यसलाई केवल टाइटिन नामबाट चिनिन्छ ।

रेजी नटोरीले सन् १९५४ मा टाइटिन प्रोटिनको खोजी गरेका हुन् । सन् १९७७ मा कोस्सक मरुयामा लगायतका वैज्ञानिकहरूले यसको रासयनिक संरचनाका बारेमा थप खोज गरे र यस प्रोटिनको नाम कोन्नेक्टिन राखे । त्यसको दुई वर्षपछि कुआन वांग र उनका सहयोगीहरूले पनि यो प्रोटिनमाथि अध्ययन गरे र त्यसको नाम टाइटिन राखेका हुन् ।

एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार