सबवेमा मुसाको बक्सिङ,फोटोले पायो ‘वाइल्ड लाइफ अवार्ड’

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार रोचक बिचित्र

मुसाले साँच्चै बक्सिङ खेले कस्तो देखिन्छ होला?

धेरै कल्पना नगर्नुस् फोटोग्राफर साम रोलीले त्यो बक्सिङ आफ्नो क्यामेरामा कैद गरिसकेका छन्।

उनले पाँच रातसम्म लगाएर खिचेको उक्त फोटोको अहिले चर्चा चुलिएको छ। चर्चामात्र होइन त्यही फोटोका लागि उनले यस वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड जितेका छन्।

सबवेमा खानाका लागि दुई मुसा आपसमा लडिरहेको तस्बिरमा देखिन्छ। यस्तो लाग्छ उनीहरू मान्छेले जस्तै बक्सिङ खेलिरहेका छन्।

हजारौं मानिस आवातजावात गर्ने सबवेमा मुसाको फोटो खिच्न रोलीले पाँच रात बिताएका थिए।

पाँचौ रातमा रोलीले दुई मुसा खानाको लागि दौडिरहेको देखे। क्यामेरा निकालेर फोटो खिच्न थाले। त्यसैबेला दुई मुसा झगडा गर्दै गरेको एक रोचक तस्विर आफ्नो क्यामेरामा कैद गर्न सफल भए।

रोलीले अन्य ४८ हजार तस्बिरलाई पछि पार्दै २८ हजार भोटबाट अवार्ड जितेका हुन्।

उक्त प्रतियोगिता लन्डनको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको थियो। रोलीको तस्विर उक्त म्युजियमा ३१मेसम्म राखिनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार