भाईरल फोटो : चिकित्सकले रुवाउने कोशिस गरे , रिसाइन् नवजात शिशु !

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार रोचक बिचित्र

काठमाडौं । एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन ।

यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् ।

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो ।

तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।

डेलीमेलका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन् । नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ ।

रोड्रिगाका अनुसार शिशु जन्मेपछि रोएकी थिइनन् । चिकित्सकले शिशुलाई रुवाउन कोशिस गरेका थिए । चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन् । तर उनी रोएकी थिइनन् । चिकित्सकले उनलाई आग्रह गर्दै भनेका थिए, ‘रोउ न ईशा’ । यसपछि शिशुले आफ्नो अनुहार गम्भीर बनाइन् ।

नाभी काटेपछि भने उनी रुन थालिन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार