जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ?

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार रोचक बिचित्र

के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् ।

नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् ।

माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।

अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना कार तथा ट्रकहरु ठडिएका छन् । ती गाडीहरु जमीनमा केही मात्रामा गाडेर उभ्याइएका हुन् ।

टाढाबाट हेर्दा जमीनबाट गाडीहरु उम्रिएजस्तो लाग्दछ। रंगीविरंगी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार