एक जना भारतीय,जो ट्रम्पको मुर्ती बनाएर दिनहुँ पूजाआजा गर्छन्

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार रोचक बिचित्र

फेब्रुअरी २४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्पले दुई दिन भारत भ्रमण गर्दैछन्।

राष्ट्रपति ट्रम्पको स्वागतमा भारतले तयारी गरिरहेको बेला तेलङ्गनाका जनगाँउका एक जनाले ट्रम्पको मुर्ति बनाएर पूजा गरेका छन्।

उक्त गाँउका ३३ वर्षिय बुस्सा कृष्णले आफ्नो घर पछाडि ट्रम्पको मुर्ती बनाएर पूजा गरेका हुन्। उनले हिन्दु परम्पराअनुसार दिनहुँ पूजाआजा गर्ने गरेको समाचार संस्था एएफपीलाई बताए।

‘ट्रम्प सर तपाई मेरो भगवान हो,’ कृष्णले भने, ‘भारतमा स्वागत छ, म एकदमै खुशी छु।’

कृष्णले फेसबुक र इन्स्टाग्राममा ट्रम्प लेखिएको निलो र रातो टि-सर्ट लगाएर मुर्ति पूजा गरिरहेको तस्विर समेत राखेका छन्।

ट्रम्पले प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातमा रहेको विश्वकै सबैभन्दा ठुलो स्टेडियम सरदार भल्लाभभाई पटेलको उद्घाटन गर्दैछन्।

उनलाई ‘नमस्ते ट्रम्प’ नामक र्‍याली अन्तरर्गत एक लाख १० हजार जनाले स्वागत गर्नेछन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार