कर्णाली प्रदेश

बन्दाबन्दीमा हुम्लाको सिमकोटमा अतिविपन्न २५० घरधुरीलाई राहत

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ का २५० घरधुरीलाई बन्दाबन्दीको समयमा राहत वितरण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक पनि निषेधाज्ञा गरेपछि बन्दाबन्दीमा परेका नागरिकलाई डाडाफया गाउँका स्थानीयवासी बलिवीर शाहीले खाद्यान्न सहयोग गरेको हो । शाहीले सोमबार अतिविपन्नलाई दुई बोरा चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन, मध्यमखालको घरपरिवारलाई एक बोरा चामल तथा गाउँका अन्य बाँकी घरधुरीलाई प्रतिघर १५ केजी चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन निःशुल्क सहयोग गरेको हो । करिब दुई हप्तादेखिको निषेधाज्ञाले गाउँबाहिर आन्तरिक काम गर्न नपाएर दैनिकी चलाउन समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका डाडाफयाका नागरिकलाई उक्त सहयोगले केही राहत मिलेको छ । मर्दापर्दा चाहिने गाउँका नागरिक नै भएकाले बन्दाबन्दीको समयमा आफूले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ जेष्ठ २०७८, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार