थप भयो चामलको कोटा

उज्यालो प्रतिनिधि ३१ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेश

जुम्ला । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासोसँगै केन्द्रीय र प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत भएको हो । यसम्बन्धी सबै प्रक्रिया पूरा भएको छ । “अब १०÷१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ”, शाखाका प्रमुख सुनारले भने, “प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगञ्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार क्विन्टल चामल माग गरिएको छ । कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आउँदो दसैँ–तिहारमा पनि चामल अभाव हुने छैन ।”

नागरिकलाई कोरोना महामारीमा खाद्यको चामल अभाव नहोस् भनेर नै कम्पनीको जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित बिक्री गर्दै आएको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६५० क्विन्टल हो । यसमध्ये नौ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ ।

जुम्लाका लागि चार हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । दुई वटा डिपो गरी दुई हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख सुनारले बताए ।

जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख बढी जनसङ्ख्या छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी छ महिना यहाँका स्थानीयवासी खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार