सान्नीत्रिवेणिमा ३ दिने निःशुल्क आँखा शिविर सञ्चालन, पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा उद्घाटन

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०८१, शुक्रबार कर्णाली प्रदेश

मेहलमुडी ।  कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाही र गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले संयुक्त रूपमा ३ दिने निःशुल्क आँखा शिविरको उद्घाटन गरेका छन्। “नो लिमिट्स नेपाल” को सहयोग तथा गाउँपालिकाको समन्वयमा सञ्चालन भएको उक्त शिविरले स्थानीय बासिन्दाहरूलाई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछ।

शिविर उद्घाटन समारोहमा बोल्दै माननीय शाहीले यस्तो अभियानले ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा महत्वपूर्ण योगदान दिने बताए। गाउँपालिका अध्यक्ष केसीले समेत स्वास्थ्य सेवाको पहुँच नपुगेका नागरिकका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

शिविरमा वरिष्ठ नेत्र विशेषज्ञहरूद्वारा परीक्षण, औषधि वितरण तथा आवश्यक परे शल्यक्रियाका परामर्श दिने बताइएको छ। आयोजकहरूका अनुसार शिविरबाट सयौं नागरिकले लाभ लिने अपेक्षा गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार