पानीको ट्यांकी भत्किदा उनापानीमा खानेपानी समस्या

सिमकोट । गत मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ ।

मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । गाउँ नजिक भएको पानीको मुहान सुकेपछि अहिले एक घण्टाको पैदल हिडेर लेख वस्तिबाट औगमा रहेको गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गगन थापाले बताए । ट्यांकी भत्किएपछि गाउँ वरपर नजिक कतै मुहान नभएकाले खानेपनीको लागी गाउँमै पुग्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । सर्केगाड गाउँपालिका र ग्रामीण जलस्रोतको संयुक्त सहयोगमा सो ट्याङ्की निर्माण भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार