कर्णाली प्रदेश

सीमानाकामै आरडिटी परीक्षण गर्ने

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताएका हुन् । आरडिटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पिसीआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको उनले जनाए । कोरोना भाइरसले विश्व मानव समुदायमा शताब्दीकै ठूलो सङ्कट सिर्जना गरेको बताउँदै उनले यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उनले विश्वास दिलाउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “कोरोनाको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०७७, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार