कोभिड–१९ : जोखिमका विरुद्ध द्रत काम
सुर्खेत (रासस) । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल संयोजकत्वको कोभिड–१९ प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले आइतबार कर्णाली प्रदेशका १० जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षार्थ निगरानी कक्ष (क्वारेन्टाइन) र आइसोलेसनको आवश्यक व्यवस्था मिलाउने तयारी थालेको छ । प्रदेशका ७९ स्थानीय तह र ७२९ वडामा गठित समितिले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई सार्वजनिक ठाउँमा क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यसमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिनुभयो । “सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पूर्वाधार मन्त्रालयका थप पढ्नुहोस् ...





