कर्णाली प्रदेश

मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध

कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफुहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको बिषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताए । उनले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ तीस गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफुहरुले स्वीकार गरेपनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए । उनले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरेपनि त्यसबाट सरकार भागेको उल्लेख गरे । त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७८, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार