सुनको मूल्यमा गिरावट, तोलाको कति ?
काठमाण्डौ । बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो । थप पढ्नुहोस् ...









