दोहोरो अङ्कले उकालो लाग्यो नेप्से

उज्यालो प्रतिनिधि १८ आश्विन २०७७, आईतवार अर्थ

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७१ बिन्दुले उकालो लागेर एक हजार ५८५.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१९ ले वृद्धि भई ३१२.३५ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर रु तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ । जलविद्युत् १५.२६ र सामूहिक लगानी कोष ०.३५ ले घटेको छ । यस्तै बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११ं८७, विकास बैंक २३.४९, वित्त २.४३, निर्जीवन बीमा २४.०७, उत्पादन १४५.२६, अन्य ११.१५, लघुवित्त ४.०३, जीवन बीमा ४५.०३ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ८६ लाख १२ हजार ६३८ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १९ करोड ४२ लाख ८८ हजार २९९, एनसिसी बैंक रु ११ करोड ६२ लाख १० हजार ९४३, हिमालयन डिस्टिलरी रु ११ करोड ४८ लाख ९३ हजार ४०१, नेपाल बैंक रु १० करोड ६५ लाख ५० हजार ८९७ र कुमारी बैंक रु नौ करोड ७६ लाख आठ हजार ८०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, शिवम् सिमेन्ट ९.५०, प्रोगेसिभ फाइनान्स ९.४५, छ्याङदी हाइड्रो पावर ७.५९, उन्नती सहकार्य लघुवित्त ६.९२ र लक्षमी बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । यस्तै, यूनियन हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.५७, खानीखोला हाइड्रोपावर ९.४०, नेशनल हाइड्रोपावर ७.६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार