संरक्षण अभावमा जीर्ण बन्दै बालमन्दिर

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७७, आईतवार समाचार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेबगियामा रहेको बालमिन्दर संरक्षणको अभावमा जीर्ण बन्न पुगेको छ । करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ ।

पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका लागि उक्त भवन प्रयोगमा आउने गरेको भए पनि त्यसपछि प्रयोगमा नआएका कारण जीर्ण बन्दै गएको वडाध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संरक्षण गर्न छाडिएपछि अहिले बालमन्दिरको भवनमा लागुऔषध दुव्र्यसनीले लागुऔषध प्रयोग गर्ने स्थान बन्न पुगेको छ । उक्त जग्गा र भवनभित्र लागुऔषध दुव्र्यसनीले भवनका झ्यालढोका तथा फर्निचर सबै तोडफोड गरेर लगेका छन् । उक्त भवनको विसं २०३० माघ २ गते तत्कालीन श्री ५ मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहबाट उद्घाटन गरिएको शिलालेखमा उल्लेख छ ।

बालमन्दिरको जग्गा तथा भवनको सुरक्षा, संवद्र्धन तथा बालबालिकाको हकहित र संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालयले देशैभरका त्यस्ता पुराना समितिलाई भङ्ग गर्दै गत असोज २७ गते सबै जिल्लामा नयाँ समिति बनाउनका लागि नयाँ सभापतिको मनोनयन गरेको छ ।

नेपाल बाल सङ्गठन बाँकेमा स्थानीय सरकार, प्रहरी, प्रशासन तथा सबैको साथ र सहयोगमा बालसङ्गठनको विधि र विधानअनुसार उक्त खाली जग्गा र भवनको संरक्षण, संवद्र्धन गर्दै उचित योजना बनाएर आफूले काम गर्ने नवनियुक्त सभापति दत्तप्रसाद आचार्यले बताउनुभयो । “बिग्रे भत्केको ठाउँलाई सबैको साथ, सहयोग र सहभागितामा राम्रो बनाउने छु, अब शुरुआत गरिएको छ भविष्यमा उदाहरणीय बनाइने छ”, उहाँले भन्नुभयो, “जीर्ण र लथालिङ्ग अवस्थामा रहेको भौतिक संरचनालाई स्थानीय सरकारसँगको समन्वय संरक्षण तथा संवद्र्धन गर्ने योजना बनाएर काम गर्छु ।”

बालबालिकाको शिक्षा, स्वास्थ्य, पौष्टिक आहारविहार, हकहित, संरक्षण, मनोरञ्जनलगायत सर्वाङ्गीण विकास तथा भौतिक संरचनाको सुरक्षा, सुधार तथा सदुपयोग गर्नका लागि सङ्गठनको उद्देश्यअनुसार गुरुयोजना बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले अबदेखि बालमन्दिर परिसरमा समाजलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले हुने त्यस्ता कुनै पनि गलत क्रियाकलाप हुन नदिने बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार