लिलसँग एसी मिलानको लज्जास्पद हार

उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार खेल

एजेन्सी – युसुफ याजिसीको ह्याट्रिक सहयोगमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । ३ मार्च २०२० मा घरेलु मैदानमा जिनोआसँग २–१ ले पराजित भएयता अपराजित रहेका थिए । यसक्रममा मिलानले २२ जित र ६ बराबरीको नतिजा निकालेको थियो ।

सानसिरोमा बिहीबार राति भएको खेलको १९औं मिनेटमा थियो हर्नान्डेज ओभरल्यापमा अघि बढ्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मिलान अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले उत्कृष्ट बचाउ गर्दै लिलको अग्रता टारेका थिए ।

तर, २१औं मिनेटमा एलेसियो रोमागनोलीले जोनाथन डेभिडलाई लडाएपछिको प्राप्त पेनाल्टीमा याजिसीले गोल गर्दै लिललाई अघि बढाए । २५औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको शक्तिशाली फ्रिकिकलाई लिलका गोलरक्षक मिक मेइगनानले मुस्किलले विफल पारे ।

५५औं मिनेटमा याजिसीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै याजिसीले गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे ।

६४औं मिनेटमा एन्टी रेविकले अवसर गुमाउद मिलान अग्रता घटाउनबाट चुक्यो । ८१औं मिनेटमा जोनाथन बाम्बाको प्रहार पोस्टबाट थोरै बाहिरिदा लिलले गोल अन्तर बढाउन सकेन । ८७औं मिनेटमा राफयल लियोले सुवर्ण अवर पाएपनि सदुपयोग गर्न नसक्दा लज्जास्पद हार बेहार्न बाध्य बन्यो ।

यो हारले समूह ‘एच’ मा शीर्षस्थान गुमाउदा लिल शीर्षस्थामा फर्किएको छ । लिलको ३ खेलबाट ७ अंक पुगेको छ । मिलानको ६ अंक छ । स्पार्टा प्रागको ३ तथा सेल्टिकको १ अंक छ ।

यही समूहको अर्काे खेलमा लुकास जुलिसको ह्याट्रिक सहयोयमा स्पार्टा प्रागले सेल्टिकलाई ४–१ ले हराएको छ । अर्काे एक गोल लाडिस्लाभ त्रेजेसीले गरे । घरेलु टोलीका लेइज ग्रीफफिट्सले गरेको गोल सान्त्वना बन्यो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार