अमेरिकी राष्ट्रपति निर्वाचन सम्पन्न, नतिजा आउन सुरु

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार विश्व

काठमाडौं । शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति निर्वाचन सम्पन्न भएको छ । साथै, केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ ।

कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् ।

वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ । निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् । मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९२ पछिका चुनावमा अमेरिकामा एक व्यक्तिले दोहोराएर राष्ट्रपति भएका छन् ।

यस पटक ट्रम्प पुन राष्ट्रपति बन्ने छन् या छैनन् भन्ने केही समय मत परिणाम पर्खनु पर्नेछ । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार