नवलपरासी पश्चिममा सीमामा निगरानी बढाएपछी तस्करहरु भागा भाग

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार फोटो समाचार

रबिन्द्र यादव, नवलपरासी पश्चिम । नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसिले जिल्लामा आए देखी सीमामा निगरानी बढाएका छन । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी केसिको निगरानी बढेको बताइएको छ ।

एसपी केसिले जिल्ला मातहत सबै युनिट इन्चार्जहरुलाई तस्कर विरुद्ध खरो प्रस्तुत हुन निर्देशन समेत दिएका थिए। एसपी केसिले बिशेष सुराकी पाउने बितिकै महेसपुर सिमा चौकी प्रमुख प्रहरी निरीक्षक महेश्वर उपध्याको कमान्डमा गस्ती गर्ने क्रममा पाल्हिनन्दन गाउपालिका वडा .१ सिमल फेदमा बेवारिसे अवस्थामा नेपाल बाट भारत तर्फ छोहाडा जाँदै गरेको र भारत बाट काजु र किसमिस नेपाल तर्फ अबैध रुपमा लादै गरेको काजु ,किसमिस २ लाख ४२ हजार ४६० मूल्य बराबरको मालसमान नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गए राती सुस्ता गा.पा.वडा न:५ बनकटी बाट भारत बाट अबैध रुपमा ल्याउदै गरेको १ लाख ५० हजार बराबरको विभिन्न किराना समानहरु र चिनी र प्रतापपुर गा.पा. वडा नं ५ धर्मौली बाट अबैध रुपमा ल्याउदै गरेको करिब ८० हजार बराबरको शुद्ध प्लस ( गुट्खा ) समेत बेलाटारी इलाका प्रहरी तथा बसहिया चौकीको संयुक्त कमान्डमा खटिएको टोलि पक्राउ गरेको छ ।

रामनगर चौकी सयुक्त गस्ती टोलिले चिनी , किराना समान, मोबिल, नियन्त्रणमा लिएको छ,नियन्त्रणमा लिएको समानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार पठाइएको नवलपरासी पश्चिम नेपालका प्रहरी सूचना अधिकारी बिरेन्द्र थापाले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार