‘कमाण्ड’ छाड्दै गृहमन्त्री बादल
काठमाडौं । अहिलेसम्म पनि धेरैले रामबहादुर थापा बादलको नाम सम्झँदा ‘कटवाल काण्ड’ लाई नै सम्झन्छन् । कतिपय चाँही उनीमाथि लागेको यौनकाण्ड, ‘लिन प्याओवादी’ को आरोप अनि माओवादी पार्टी फुटाएको ‘गम्भीर भूल’लाई सम्झने गर्छन् । विविध काण्ड र जनमानसमा रहेका विभिन्न आशंकाबीचमा उनी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतापछिको बलियो सरकारका गृहमन्त्री बने । उनलाई आफूमाथि लागेका आरोपहरु पखाल्ने र देशको हितमा केही स्मरणीय कामहरु गरेर देखाउने ऐतिहासिक अवसर पनि प्राप्त भएको थियो । तर, उनका यी अवसरहरु एकपछि अर्को निराशामा परिणत हुँदाहुँदै अन्ततः ‘पेन्डुलम’ हुने अवस्थामा अग्रसर भएको देखिएको छ । यी सबै दृष्टान्तहरुले अन्ततः उनले आफनो ‘कमाण्ड’ छाड्दै गएको देखिएको छ । कटवाल काण्ड शान्ति प्रक्रियामा आइपछि ०६४ सालमा बनेको पहिलो संविधानसभा निर्वाचनपछिको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल थप पढ्नुहोस् ...