प्रचण्डको हैसियत खोज्न मेरो नैतिकताले दिँदैन : नविना लामा (भिडियोसहित)

उज्यालो प्रतिनिधि २९ बैशाख २०७७, सोमबार अन्तर्वार्ता

काठमाडौं । प्रतिनिधिसमाका सदस्य नविना लामाले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हैसियत खोज्न नैतिकताले नदिने प्रष्ट पारेका छन् । उज्यालो नेटवर्कसँगको कुराकानीमा उनले प्रचण्ड र आफ्नो हैसियत आकाश जमिनको फरक भएको समेत बताए ।

उनकै भाषामा ।
‘मैले आक्रोशपूर्ण प्रश्नको उत्तर दिँदा त्यो खालको अवस्था आयो । म अभिव्यक्ति अध्यक्ष कमरेड प्रचण्ड, पूर्व महासचिव माधव कमरेड, पूर्व अध्यक्ष झलनाथ खनालमाथि थिएन । तर, त्यस्तो चाहिँ हाम्रो साथीहरुको बुझाई भयो ।

सरकारको कमीकमजोरी छैन भन्ने कुरामा म छैन । तर, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा गर्ने कुरा सम्भव छैन । किनकी गल्ती भयो भने पार्टी बैठकमा सुधार्ने र मन माझ्ने कुरा हुन्छ । अहिले संकटको बेला मिलेर जानुपर्ने छ । यो बेला कोरोना संक्रमणमुक्त देश कसरी बनाउने भन्नेतिर हामी जानुपर्छ भन्ने कुरा हो ।
मैले हैसियत शब्द प्रयोग गरेको छु । अध्यक्ष प्रचण्डको हैसियत खोज्न मेरो नैतिकताले दिँदैन ।

उहाँ र मेरो हैसियत आकाश जमिनको फरक छ । उहाँ पार्टी अध्यक्ष हुनुहुन्छ, संस्था हुनुहुन्छ । पार्टी अध्यक्ष भनेको संस्था पनि हो । म एउटा सामान्य कार्यकर्ता हुँ । प्रतिनिधिसभाको सदस्य छु । म जतिको राजनीतिक चेतना भएको कार्यकर्ताले अध्यक्ष प्रचण्डको हैसियत खोज्ने कुरा हुँदैन ।’

बाँकी भिडियो हेरौँ

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार