बढीघाट खोलामा बन्दै गरेको पुल फेरि भत्कियो, ५ करोड १७ लाख झ्वाम

४ बैशाख २०७७, बिहीबार ०२:४० मा प्रकाशित

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकास्थित बढीघाट खोलामा बन्दै गरेको पुल फेरि निर्माण सम्पन्न नहुँदै भत्किएको छ । यससँगै पुल निर्माण बराबरको ५ करोड १७ लाख रुपैयाँ खोलामा पुगेको छ । दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको पुल जम्मा ५५ मिटर लामो छ ।

मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक बुधबार आएको बाढीले भत्किएको हो । गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो ।

तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार