व्याडमिन्टन खेलप्रति खेलाडीहरुको रुचि बढ्दै

शिवु खनाल १४ श्रावण २०८१, सोमबार उज्यालो फोकस

देउखुरी, १४ साउन । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुस्त राख्नकै लागि यो खेलप्रति सबैको रुचिको खेल बन्दै गएको होे । यस खेलका लागि सरकारले भने नियमित रुपमा सहयोग पु¥याएको खेलाडी तथा यस खेलमा लागेकाहरु बताउँछन् ।

ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो । यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ । व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा शारीरिक सन्तुलनको विकास गर्न तथा मानसिक स्वस्थ्यताका निम्ति ब्याडमिन्टन खेल खेल्ने गरिएको देउखुरी व्याडमिन्टन क्लवका सचिव कमल जंग सिंह ठकूरीले बताउनुभयो ।

पछिल्लो समय शारीरिक तन्दुस्तका लागि उपयुक्त मानिएको यो खेल शारिरीक स्मफूर्तिकै लागि खेल्ने गरेको उहाँले जानकारी दिदैँ, शारीररिक तन्दुस्तका लगि व्याडमिन्टन खेल खेल्ने गरेको बताउनुभयो । प्रत्येक दिन लमहीमा रहेको लमही नगर विकास समितिद्धारा निर्माण गरिएको कवर्डहलमा व्याडमिन्टन खेल्न जानो गरेको रविन्द्र जिसीले भन्नुभयो,–‘म यहाँ आएर व्याडमिन्टन खेल्न थालेपछि एकदिम फिट छु, स्वास्थ्यमा कुनै समस्या आएको छैन ।’ रविन्द्र जिसी मात्रै हैन लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल निवासी ६२ वर्षीय एल.बी. रोकालाई विहान नियमित लमहीमा रहेको कवर्ड हलमा व्याडमिन्टन खेल्दै गरेको अवस्थामा भेट्न सकिन्छ ।

नियमित व्याडमिन्टन खेल्दै आएका उहाँले व्याडमिन्टन नियमित खेल्दा दीर्घरोग उच्च रक्तचाप, मधुमेह जस्ता रोगबाट मुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो,।–‘मलाई यो उमेरमा सुगर प्रेसर छैन, व्याडमिन्टन खेलेकै कारण दीर्घ रोग नलागेको हो, त्यही भएर म नियमित व्याडमिन्टन खेल्छु ।’ त्यसो त भारतीय आर्मीका पूर्व कप्तान समेत रहनु भएको लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ निवासी इन्द्रबहादुर वली उमेरले झण्डै ६१ वर्ष पुगिसक्नु भएको छ । अहिले पनि उहाँ व्याडमिन्टन खेललाई निरन्ता दिँदै आउनु भएको छ । उहाँले व्याडमिन्टन खेलका लागि सरकारले सोचेजस्तो सहयोग नपु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो,।–‘सरकारी स्तरबाट खासै सहयोग छैन । यहाँ राष्ट्रिय स्तरका खेलहरु हुन्छन्, तर सरकारले केही सहयोग पु¥याएको छैन ।’

नेपालमा व्याडमिन्टन खेलको इतिहास लामो भएपनि यस खेलको विकासमा राज्यले सोचेजस्तो विकास गर्न नसकेको खेलाडी, यस खेलको विकासमा लागेकाहरुले बताउदै आएका छन् । पछिल्लो समय लमहीमा ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको यो खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । लमहीमा कभर्डहल निर्माण भएपछि दैनिक सयौं खेलाडी कबर्ड हलमा व्याडमिन्टन खेल्न पुग्छन् ।

देउखुरी व्याडमिन्टन क्लवको अध्यक्षमा प्रदिप राना चयन

देउखुरी व्याडमिन्टन क्लवको अध्यक्षमा प्रदिप राना सर्वसम्मत् रुपमा चयन हुनु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा स्थापना भएको देउखुरी व्याडमिन्टन क्लवको प्रथम साधारण सभाले प्रदिप रानाको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष सन्दिप पौडेल, सचिव कमल जंग सिंह ठकूरी, कोषाध्यक्ष तुलसीराम अर्याल, सह–सचिव रविन्द्र जिसी, सदस्य भरत कुवर, विक्रम चौधरी, दुलमदास चौधरी, पुरन चौधरी, कल्याण अधिकारी र शसि प्रकाश बटाला रहेका छन् । त्यसैगरी क्लवले लोकराज पौडेल र केशव चौधरीलाई सदस्यमा मानोनित गरेको क्लवका सचिव कमल जंग सिंह ठकूरीले जानकारी दिनुभयो ।

कार्यक्रममा लमही नगरपालिका प्रवक्ता मोहन गिरीले परिवर्तनका लागि युवा सशक्तिकरण आजको आवश्यकता, सभ्य समाज निर्माणमा युवाहरुको खेलकुदमा सहभागिता हुन आवश्यक रहेको बताउनुभयो ।

खासगरी ब्याडमिन्टनले स्वास्थ्यका लागि राम्रो गर्ने, विकसित र अनुशासित गराउने भएकाले पनि ब्याडमिन्टनप्रति आकर्षण बढ्दै गएको देउखुरी ब्याडमिन्टन क्लका अध्यक्ष प्रदिप रानाले बताउनुभयो ।

कार्यक्रममा देउखुरी व्याडमिन्टन क्लवका सचिव कमल जंग सिंह ठकूरीले वार्षिक प्रतिवेदन एवम् आगामी योजना प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष तुलसी अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । देउखुरी व्याडमिन्टन क्लवका अध्यक्ष प्रदिप रानाको अध्यक्षता एवम् लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीको प्रमुख अथितिमा सम्पन्न कार्यक्रममा विक्रम चौधरी, कल्याण अधिकारी, योगमाया शाही, एल.बि. रोका र इन्द्रबहादुर वली लगायतले बोल्नु भएको थियो । रविन्द्र जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव कमल जंग सिंह ठकूरीले गर्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार