नुवाकोटको अर्खौलेमा राजनीतिक उथलपुथल: ६५ घरधुरी नै ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०८२, सोमबार उज्यालो फोकस

नुवाकोट। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ मा राजनीतिक समीकरणमा ठुलो फेरबदल आएको छ। सिंगो अर्खौले गाउँका ६५ घरधुरी बासिन्दाहरूले पुराना राजनीतिक दलहरू परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा सामूहिक प्रवेश गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी क्रान्तिकारी (विप्लव समूह) मा आबद्ध ती कार्यकर्ताहरूले आफ्ना पुराना दलहरूले जनताको भावना बुझ्न नसकेको र विकासको एजेन्डामा पछि परेको भन्दै पार्टी छाडेको बताएका हुन्।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार हित बहादुर तामाङ र पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य राधिका तामाङको उपस्थिति रहेको थियो। हित बहादुर तामाङ: उहाँले नवप्रवेशीहरूलाई अबिर लगाएर स्वागत गर्दै भन्नुभयो, “अर्खौले गाउँको यो सामूहिक ऐक्यबद्धताले नुवाकोटमा नयाँ राजनीतिक लहर ल्याएको छ। तपाईहरूको यो विश्वासलाई हामी विकास र समृद्धिमार्फत कदर गर्नेछौँ।”

पूर्वमन्त्री तामाङले खादा ओढाएर सम्मान गर्दै भन्नुभयो, “विगतका भ्रम र निराशा चिर्दै जनता अब वास्तविक परिवर्तनको पक्षमा उभिएका छन्। यो प्रवेशले हाम्रो संगठनलाई थप मजबुत बनाएको छ।”

यसरी सिंगो गाउँ नै पार्टीमा समाहित भएपछि स्थानीय स्तरमा उत्साह छाएको छ। गाउँलेहरूको यो अभूतपूर्व समर्थन र जनलहरले आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको जित निश्चित भएको नेता तथा कार्यकर्ताहरूले दाबी गरेका छन् । अर्खौलेको यो परिवर्तनले जिल्लाभर नै एउटा सकारात्मक सन्देश दिएको र विरोधी शक्तिहरूमा ठुलो धक्का पुगेको विश्लेषण गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार