खोलाबाट बगरहुँदैँ वनसम्मको यात्रा !

शिवु खनाल ४ बैशाख २०८१, मंगलवार समाचार

देउखुरी । डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले खोला खाल्सी व्यवस्थापनको कार्य अगाडि सारेको छ । खोला खाल्सीको संरचनालाई प्राकृतिक रुप दिनका लागि सामुदायिक वन क्षेत्रभित्र रहेका खोला खाल्सीहरु व्यवस्थापन गर्न थालिएको हो । वन कार्यालयले देउखुरी क्षेत्रमा रहेका एकसय ४९ वटा सामुदायिक वन क्षेत्र अन्तरगत ५४ हजार आठसय ३७ दशमलव क्षेत्रफल भित्र रहेका साना तथा ठूला खोला खाल्सीहरु व्यवस्थापन गर्न थालेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।

सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि खोला आसपासको अनुगमनका क्रममा शहरलाई सुन्दर बनाउनका लागि सामुदायिक वन क्षेत्रभित्र पर्ने खोला खाल्सीको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताइएको छ । सुन्दर शहरका लागि खोला खाल्सीको व्यवस्थापन अनिवार्य भएको बताउँदै, डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले शहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताउनुहुदैँ, देउखुरी उपत्यको राजधानी लुम्बिनी प्रदेशलाई व्यवस्थित र सुन्दर बनाउन वन कार्यालयले पनि दीर्घकालीन योजनासहित काम गरिरहेको दाबी गरे । उनले सामुदायिक वनका खोला खास्लीहरु देउखुरी उपत्यकाको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उचित संरक्षणको अभावमा उजाड डाँडाकाँडा खोला नदीले कटानी गरेर बगरै बगर बनेका छन्, डिभिजनल वन अधिकृत राजु क्षेत्रीले भने,–। ‘चुरे क्षेत्रमा डाँडैडाँडा र फेदमा नदी खोला खास्लीले कटानी गरेर वन बगरमा परिणत भएपछि हामीले खोला खास्ली व्यवस्थापनको कार्य अगाडिएका हौँ । खोला खास्ली व्यवस्थापनसंगै वन कार्यालयले वन्यजन्तुको आहाराका लागि कामकाज अघि बढाएका हौँ ।’ उनले खोला खास्ली व्यवस्थापनसंगै वनक्षेत्रमा घाँसे मैदान व्यवस्थापन, वन्यजन्तुका लागि खानेपानी प्रबन्ध गरिएको बताउनुहुदैँ, संरक्षणका क्षेत्रमा प्रयासबाट वन पर्यावरण संरक्षण भईरहेको बताउनुभयो । ‘हामीले विगतमा वनमारा रहेको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका छौँ, उनले भने,–। ‘अव देउखुरी क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक वनभित्र रहेका खोला खास्ली व्यवस्थापानसंगै घाँसे मैदान बनाउने, खोलाले बगरमा परिणत भएका वनभित्र रहेका खयरसहितका बिरुवा पुर्नरुत्पादन गर्ने योजना रहेको छ ।’ ‘समग्रमा सामुदायिक वनलाई व्यवस्थापन गरि यस क्षेत्रमा वन्यजन्तुका लागि आहारा, पानीको व्यवस्थापन गरेपछि ठुला तथा साना जनावरको व्यवस्थित बासस्थान बनाउने लक्ष्य रहेको छ ।’
यसैगरी उहाँले उपभोक्ताको आम्दानीका साथै वन, बन्यजन्तु संरक्षणका साथै मानव–वन्यजन्तुविचको द्वन्द्व समेत न्यूनिकरण हुने बताए । ‘मानव वन्यजन्तुको द्वन्द्व न्यूनिकरणका लागि थुप्रै प्रयास भएका छन,उनले भने,–। ‘अझै सरोकारवाला रणनीति रुपमा अघि बढ्नुपर्छ ।’ डिभिजन वन कार्यालय नै वन संरक्षणमा जुटेपछि देउखुरी क्षेत्रमा रहेका सिमसार क्षेत्र एकातिर संरक्षण र अर्कातिर वन्यजन्तुको आगमन बढ्न सक्ने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । उनले सामुदायिक वनमा चरिचरन बन्द गरेपछि बेलदमार खोलाले बगर बनाएको क्षेत्र हराभरा भएको बताए । ‘यहाँका सामुदायिक वनले चुरे क्षेत्र संरक्षणका लागि पहल गरेपछि वन संरक्षण भएकोछ, उनले भने,–। ‘बेलदमार खोलाले बनाएको बगर समेत पुर्नरुत्पादन हुने विश्वास गरिएको छ ।

चुरेसम्म वन संरक्षणका कामकाज अघि बढेपछि विभिन्न वन्यजन्तुको कोरिडोर समेत संरक्षण भएको छ ।’ ‘यो वन बाघ, चितुवा, हुँडार, मृग, जरायो, चित्तल, भालु मयुर लगायतका विभिन्न वन्यजन्तुको जैविक मार्ग पनि हो । विगतमा वन सरक्षण भएको थिएन, ‘वन समुदायमा गएपछी डिभिजन वन कार्यालयबाट संरक्षणका योजना अघि बढेसंगै वन्यजन्तुको आगमन समेत भईहरेको छ ।’चार अघि हुँडारले समेत बच्चा जन्माएको, चितुवा, बाघ सहितका वन्यजन्तुको आगमन विभिन्न प्रजातिका चराको अजम्मरी सामुदायिक वन क्षेत्र वन्यजन्तुको बासस्थान बन्दै गएको उनले बताए । यता वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जिबी खनालले चुरेसंगै जोडिएको देउखुरी क्षेत्रका दर्जनौँ सामुदायिक वन, बाँके राष्ट्रिय निकुञ्ज, त्यसमा पनि सिमसार क्षेत्र भएकाले वन्यजन्तुको बासस्थान बनिरहेको बताए ।

बगरबाट वन

खोलाको बगरलाई एउटा सुन्दर वनको परिणत गर्नु सुन्दा अचम्म लाग्दो कुरा हो । त्यो पनि वर्षायाममा गाउँ नै बगाउने भेल आउने खहरे खोलाको बगरमा वन बनाउन सायदै कसैले पनि सोच्न सक्दैन । तर यस कुरालाई डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले साकार गर्न अगाडि सरेको डिभिजन वन कार्यालउ दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए । देउखुरी क्षेत्रमा रहेका सामुदायिक वन व्यवस्थापन भइरहेका छन् । समूह र सबै उपभोक्ताको मिहिनेतबाट नै वन व्यवस्थापन गर्न सुरु भएको हो । वन व्यवस्थापन गर्न समूह र उपभोक्ताहरुले एकपटक नभएर पटकपटक सहयोग गरिरहेका छन् । समूह र स्थानिय उपभोक्ताहरु मिलेर वन जोगाउनका लागि तारबार बगरमा बृक्षरोपण गर्दै आएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार