बजेटको सकारात्मक पक्षलाई स्थापित, छुटेका कुरामा रचनात्मक सल्लाहको आवश्यक – सांसद दोङ

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०८०, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले अर्थमन्त्रि डा. प्रकाश शरण महतले प्रस्तुत गरेका २०८०/८१ को बजेट सकारात्मक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा प्रस्तुत बजेटमाथि छलफल गर्ने क्रममा सांसद दोङले बजेट समग्रमा राम्रो भए पनि केही कार्यक्रमहरु थप्न सकिने पर्याप्त आधारहरु भएकाले सकारात्मक पक्षलाई स्थापित गरेर, छुटेका कुराहरूमा रचनात्मक सल्लाहद्वारा सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रतिपक्ष भन्ने बित्तिकै सकारात्मकलाई पनि नकारात्मक भन्नु पर्ने परम्परा रहेकाले , यस्ता चेतनाबाट माथि उठेर राम्रोलाई राम्रो, नराम्रोमा रचनात्मक सल्लाह दिदा सदनको पनि गरिमा बढ्ने बताए । बजेट पानी तताउने कि नतताउने भनेर झगडा गरेर अन्तिममा चिसै पानीले नुहाएको जस्तो हुने भन्दै सकारात्मक र रचनात्मक सल्लाहले मात्रै बजेट कार्यनयन गर्न सक्ने दोङले बताए ।

विगतको नजिरहरु हेर्दा बजेट जतिसुकै राम्रो आए पनि कार्यनयनको मुख्य चुनौती रहेको भन्दै प्रस्तावित बजेटलाई को प्रतिपक्ष को सत्तापक्ष नभनि सहयोग गरि समृद्धि राष्ट्र निर्माणमा सहयोगको अपिल समेत गरेका छन् ।

साथै दोङले नेपालबाट भारतले १० हजार मेघावाट बिजुली खरिद गर्ने सम्झौता गरिसकेको अबस्थामा काठमाडौं नजिकै रहेको सुनकोसी तेस्रो र कोखाजोर हाइड्रोपावरले बजेटमा प्राथमिकता पाएको भए सुनमा सुगन्ध हुने बताए । आफ्नो निर्वाचन क्षेत्रका दुर्गम पालिकाहरुमा उपत्यकासंग बाह्रै महिना गाडी गुड्ने गरि सडक कालोपत्रे गर्ने कुरा समेट्दा बजेट अझै प्रभावकारी हुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुरानो दलहरूबाट आफुहरु संक्रमित हुन थालेको कुराको इंगित गर्दै सांसद दोङले सरकारले भ्रष्टचार विरोधी अभियान संचालन गरिरहेको बेला रास्वपा सत्ताबाट बाहिरिनुले धेरथोर रविहरु पनि पुराना दलहरुको आचारणबाट संक्रमित भइसकेको तर किमो नै चढाउनु पर्ने गरि नभएकाले सचेत हुन आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार