तेमाल वाइसीएल अध्यक्षमा लामा,अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा रायमाझी

उज्यालो प्रतिनिधि १ बैशाख २०८०, शुक्रबार समाचार

काठमाण्डौं । नेकपा (माओबादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल तेमाल गाउँपालिकाको भेलाबाट विजय लामाको अध्यक्षतामा ३५ जनाको कार्यसमिति निर्माण भएको छ भने सृजना रायमाझीको अध्यक्षतमा २१ जना कार्यसमितिमा रहनेगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरिएको छ।

संगठन तथा जनसम्बन्ध सुदृढ अभियान समापन तथा वाइसीएल/अनेमसंघ (क्रान्तिकारी)को भेलाबाट वाइसीएल अध्यक्षमा लामा संगै उपाध्यक्षमा सुसान तामाङ,राम बहादुर तामाङ,रोज बहादुर तामाङ,सचिवमा निमा तामाङ(क.अक्रोश), सह–सचिवमा नियति तामाङ,सम्बर बहादुर तामाङ, कोषध्यक्षमा चित्र तामाङ लगायत ३५ जनाको कायसमिति निर्माण भएको छ ।

त्यसैगरी अनेमसंघ(क्रन्तिकारी)को अध्यक्षमा रायमाझीसंगै उपाध्यक्षमा छ्योइसाङ तामाङ,सार्कीमाया तामाङ, सचिवमा रमिला तामाङ, सह–सचिवमा असलीमाया तामाङ, कोषध्यक्षमा सेतीमाया तामाङ लगायत २१ जनाको कार्यसमिति निर्माण भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा तेमाल गाउँपालिकाका उपप्रमुख तथा माओवादी केन्द्र बागमती प्रदेश सदस्य दलमान थोकर(क.डिएम), विशेष अतिथि तथा अतिथिहरुमा वाइसिएल नेपालका केद्रिय सचिव अविलास तामाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ग्याम्जो थोकर, विद्यार्थी नेता दुतराज तामाङ लगायत सहभागी थिए ।

उक्त कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र तेमाल गाउँपालिकाका अध्यक्ष समिर दोङले गरेका थिए भने सचिव कल्पना मोक्तानले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार