तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७९, सोमबार समाचार

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिक तर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा तनहुँका लागि समानुपातिकतर्फको मतपत्र आइतबार जिल्ला ल्याइपुर्याएको हो ।

 

जिल्लाका लागि पाँच लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ र प्रदेश १ र २ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश १ र २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सुरक्षितरुपमा राखिएको छ ।

“नेपाली सेनाको सुरक्षाघेरामा आएको मतपत्र तनहुँ १ को दमौलीमा र क्षेत्र नं २ को मतपत्र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर राखिएको छ” उनले भने । क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका, लागि दुई लाख ७३ हजार र २ को लागि दुई लाख ७७ हजार थान मतपत्र आइपुगेको छ ।

क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेश ९क० का लागि ७४ हजार र प्रदेश (ख)का लागि ६३ हजार मतपत्र आएको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६५ हजार मतपत्र आइपुगेको छ ।

क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तीमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । क्षेत्र नम्बर २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेश सभा (क) का लागि ११ र प्रदेशसभा ९ख० का लागि सात जना प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दश, प्रदेश सभा (क) का लागि आठ र प्रदेश सभा (ख) का लागि छ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि जिल्लाका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अगाडिबाट मात्रै प्रचारप्रसार, आमसभा गर्न अनुमति दिएकाले उम्मेदवारहरू घरदैलोमा पुगेर मतदाता भेटिरहेका छन् ।

मतदाताको भेटघाटका क्रममा उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदाता समक्ष राख्ने गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो चरणको घरदैलो सकेका छन् । उनले व्यास र भानु नगरपालिका सहित बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरिसकेका छन् ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना भानुका विभिन्न वडामा मतदाता भेटघाट गरिरहेका छन् । राप्रपाका उम्मेदवार विनोद घर्ती, हाम्रो राष्ट्रिय पार्टीका प्रवीण पौडेललगायत मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङका साथै साना दलका उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार