नेता ज्ञवालीले भने – ‘विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज भएन’

काठमाडौँ । नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौंमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानीमा निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताएका हुन ।

यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली च्यानलको प्रधानमन्त्रीले उद्घाटन गरेको थियो र तर उक्त च्यानलले नेपालमा अनुमति नलिएको भन्दै बिरोध सुरु भएको छ ।

त्यस्तै ज्ञवालीले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । उनले हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन हुने पनि धारणा राखे ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार