देशभर एक हजार २८२ मा सङ्क्रमण पुष्टि

उज्यालो प्रतिनिधि ११ आश्विन २०७८, सोमबार समाचार

काठमाडौँ ।   देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । पछिल्लो समय थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन् । त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ ।

सातको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार