लमजुङ कारागारमा क्षमताभन्दा चार गुण कैदीबन्दी, सङ्क्रामक रोगको जोखिम

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार समाचार

लमजुङ ।   जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी कारागारको क्षमता भन्दा करिब चार गुण बढी हुँदा सङ्क्रात्मक रोगकोे जोखिम बढेको छ ।

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ । कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने आठ कैदी महिला छन् । उन्तालीस थुनुवा पुरुष छन् भने दुई महिला छन् । एक कैदीवन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरुमा विभिन्न खालका सास्तीका साथै सङ्क्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताउनुभयो । बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार