राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकबाट राजीनामा दिने अब्दुल्लाह अलमुताइरीको घोषणा

उज्यालो प्रतिनिधि १० श्रावण २०७८, आईतवार खेल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दु:ख दिएको दाबी उनले गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासि राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन्।

मुख्य प्रशिक्षकको राजीनामा घोषणापछिको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ। एन्फा प्रवक्ता किरण राईले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा नआएको जानकारी दिएका छन्।

‘म एन्फामा राजीनामा दिन गइरहेको छु। वरिष्ठ उपाध्यक्षका कारण म राजीनामा दिन बाध्य छु’, उनले भनेका छन्, ‘पछिल्लो ३ हप्ता प्रत्येक दिन उनले ममाथि नाटक गरिरहेका थिए। अब उनी खुशी भए होलान्।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार