चाँगे स्वास्थ्य चौकीलाई ११ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

उज्यालो प्रतिनिधि १० श्रावण २०७८, आईतवार १ नं. प्रदेश

प्रिशा बस्नेत, ताप्लेजुङ । थिन्दोलुङ आङबुहाङ सयङ सङ्जुम्भो काठमाण्डौ र चाँगे सरोकार मञ्च हङकङको पहलमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्थित चाँगे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि करिब ११ लाख रुपैँया बराबरका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा जुटाईएका उक्त सामाग्री शनिबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको समाजसेवी एवम आङवुहाङ निर्माण सेवाका प्रोपाईटर उदय आङ्बुहाङले जानकारी दिए ।

स्वास्थ्य चौकीलाई प्रदान गरिएका सामाग्रीमा २ थान अक्सिजन कन्सनट्रेटर, ५ सय थान एन्टिजेन किट, ४ थान अक्सिमीटर, २५ लीटर सेनिटाईजर, गाउन सेट २ सय थान, माक्स २ सय थान, ग्लोब्स २५० थान, फेस सिल्ड १ सय थान रहेकाछन् ।आठराई त्रिवेणी गाउँपालिकाका ५ का वडाध्यक्ष सन्तोष आङबुहाङ र आङबुहाङ कन्ट्रक्सनका प्रोपाईटर उदय आङ्बुहाङले स्वास्थ्य चौकीका ईन्चार्ज बीजयकुमार साहलाई स्वास्थ्य चौकीमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

सदरमुकादेखि चाँगे सम्मको ढुवानी व्यवस्थापन भने आङबुहाङ कन्ट्रक्सनले गरेको थियो ।पछिल्लो समय आठराई त्रिवेणी गाउँपालिकाका ३, ४ र ५ नम्बर वडाहरुमा कोभिड १९ को संक्रमण तिब्ररुपमा फैलिरहेको जानकारी पाएको र यसको नियन्त्रण र रोकथामका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री जुटाएर पठाईएको थिन्दोलुङ आङबुहाङ सयङ सङ्जुम्भो काठमाण्डौका सचिव पर्शुराम आङ्बुहाङले बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार