सिरहामा मानविय क्षती र सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना कार्यक्रम

गणेश कुमार ठाकुर, सिरहा । प्रदेश २ ट्राफिक प्र्रहरी कार्यालय पथ्लैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन संचालन गरिरहेको छ ।

प्रदेश २ का जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको ट्राफीक प्रहरी उपरीक्षक(एसपी) श्याम कुमार महतोले बताउनु भयो ।
हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ एसपी महतोले भने ।
त्यैस मध्य सिरहा जिल्लामा ९० प्रतिशत दुर्घटना असावधानीकार कारण हुनेगरेको बताएका छन् । ट्राफिक प्रहरी पोष्ट मिर्चैयामा आयोजित दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सक्ने बताएका हुन् ।
तीब्र गतिमा सवारी चलाउनु, धु्रमपान र असावधानीको कारण दुर्घटनामा वृद्धि भएको पनि उनले बताए । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाका घटना सिरहामा १५ प्रतिशतले दुर्घटना बढेको सो अवसरमा एसपी महतोल बताए ।
एसपी महतोले दुर्घटनाको मुख्य कारण मानविय त्रुटि भएकोले सचेतनाको जरुरी भएको बताए । उनलेभने, ‘सवारी दुर्घएटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापर्वाहीले भएको हुँदा चालक नै सचेत हुनु जरुरी छ ।’
असावधानीका कारण बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र त्यसमध्ये पनि मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ ।
प्रदेश नं. २ का ट्रापिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोेका अनुसार पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी सक्रियताले दुर्घटनामा कमी आएको बताए । संख्यामा बढी देखिएपनि गतवर्षभन्दा सवारीका हिसावले दुर्घटना कम भएको छ । सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको बताए । ८ जिल्ला एक सय ३८ स्थानीय तह, ४९ लाख, ९२ हजार ४ सय ३४ जनसंख्या रहेको यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका छन् ।

सिरहामा यस वर्षको श्रावण देखि पुष सम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी जम्मा ३२ जनाले ज्यान गुमाएका छन् । भने घाइते १६७ जना भएका छन् । चालु आर्थिक बर्ष २०७६÷०७७ को श्रावण देखि पुष सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।
त्यसैगरी प्रदेश नं. २ का ट्रापिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोको उपस्थीतीमा सिरहा जिल्लाको मिर्चैया नगरपालीका वडा नं.५ स्थित रहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाको अगाडिमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादब,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवार,जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेन, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार माहतो, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रमोद राय,ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्र.स.नि केदार पौडेल,ट्राफिक प्रहरी पोष्ट बन्दीपुरका ईन्चार्ज शैलेन्द्र ठाकुर,समाजसेवी प्रदिप कुमार साह लगायत स्थानिय जनप्रतिनिधी, बिभिन्न मिडियाका संचारकर्मी, यातायात ब्यवसायी र चालक सह–चालकलाई मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार