पौडी खेल्ने क्रममा डुबेर एकको मृत्‍यु

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार समाचार

तनहुँ । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर आज यहाँ एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २५÷२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी ४ र ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

पौडी खेल्ने क्रममा बाँकटे हान्दा डुबेका मधेशी मूलका व्यक्तिलाई एक छिनपछि नदीले बगाएको गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार