आगलागी

खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा घर जलेर नष्ट

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले जानकारी दिनुभयो । खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा गुरुङको घर जलेर नष्ट भएको छ । आगलागीले घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको अध्यक्ष शेर्पाले बताए । शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा चुलोमाथि राखेको डोको झरेर आगो सल्केको पीडित गुरुङले बताए । घरमा मान्छे नभएका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित गुरुङले बताए ।रासस  file photo थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार