कोरोना महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्यायो : सांसद भट्टराई

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार समाचार

कास्की । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएकी छिन् । ‘अहिलेको यो कोरोनाको सङ्कट पनि देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने उपयुक्त अवसर हो’, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ‘राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता’को अवलोकन गर्दै उनले भनिन्, ‘भौतिक विकासले मात्र समृद्धि हासिल गर्न नसकिने भएकाले सामाजिक न्याय र समतामूलक विकासमा हामीले जोड दिनुपर्छ ।’

सांसद भट्टराईले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षक सङ्गठनले अनलाइनमार्फत् विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकामा धन्यवाद व्यक्त गर्दै अहिलेको अवस्थामा प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले वर्तमान समस्याका बीच विद्यार्थीको सहभागिता र विषयवस्तुप्रतिको गम्भीर्यता, गहिराई, प्रस्तुति प्रसंसायोग्य भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग सूचना र प्रविधिको युग भएकाले कोरोनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको उल्लेख गर्दै यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र यसका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका खेलेको बताए । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई ध्यान दिँदै सङ्गठनले पहिलो चरणको अनलाइनमार्फत शिक्षक तालिम र दोस्रो चरणअन्तर्गत वक्तृत्वकला प्रतियोगिता राखिएको जानकारी दिए ।

उक्त प्रतियोगितामा देशभरबाट ९७ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको तेस्रो दिन ‘आत्मगौरवका लागि आत्मनिर्भरता’ भन्ने शीर्षकमा १० जना विद्यार्थीले आफ्नो विचार प्रस्तुत गरेका थिए । विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु २५, १५ र १० हजार तथा सान्त्वना सातजनालाई जनही रु दुई हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक तीर्थराज ढकालले जानकारी दिए । कार्यक्रम हरेक दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म जुम एपमा भइरहेको छ । रासस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार