धादिङ । धादिङबेसीको रेडियो बिहानी ९७.६ मेगाहर्जको भवनमा आज शुक्रबार दिउँसो आगलागी भएको छ । ग्याँस लिक भएर बिहानी भवनमा आगलागी हुँदा पाँच लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ ।
सहिद स्मृति संचार सहकारी संस्थाद्वारा सञ्चालन गर्दै आईरहेको रेडियो बिहानीको उक्त भवनमा शुक्रबार आगलागी भएको हो। भवनको सटरमा मासु पसल सँगैको रेडियो बिहानीका स्टाफ बस्ने कोठामामा आगलागी भएको हो । रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटाका अनुसार उक्त भवनको सटरमा रामकोट फ्रेस हाउस (मासु पसल) थियो र सँगै उनीहरुले होटल समेत संचालन गरेका थिए, होटलमा म:म पकाउने क्रममा ग्यास लिक हुँदा आगलागी भएको थियो ।
आगलागीबाट रेडियोको उपकरणमा कुनै क्षति नपुगे पनि वाइरिङ जलेको छ । सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकामा रहेको दमकलको सहायताले प्रहरी र धादिङका सोसिएल भोलिण्टिएरहरुले आगो नियन्त्रण गर्दा थप क्षेती हुन नपाएको म्यानेजर देवकोटाले धादिङपोष्टलाई बताए ।
पसलमा रहेका फ्रिज देखि अन्य सबै सामान जलेर नष्ट भएको छ भने सिरानी मुनी राखिएको नगल १ लाख समेत जलेर नस्ट भएको रामकोट फ्रेश हाउसका सञ्चालक किशोर कुमार श्रेष्ठले बताए ।भवनको माथिल्लो तलामा रहेको रेडियो बिहानीको स्टुडियोमा भने क्षति पुगेको छैन।